गण्डकीले ल्यायो ३४ अर्ब ८४ करोडको बजेट

असार १, २०७७ | पोखरा

गण्डकी प्रदेश सरकारले आगामी वर्ष २०७७/०७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार बजेट सार्वजनिक गरेको । यो चालु आर्थिक वर्षको भन्दा २ अर्ब ७० करोड ७३ लाख ६८ हजार बढी हो । चालु आव ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो ।

आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशसभामा बजेट सार्वजनिक गर्दै चालूतर्फ १४ अर्ब ३४ करोड ५६ लाख ८४ हजार (४१.२ प्रतिशत्) र पूँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार (५७.४) प्रतिशत बजेट विनियोजन भएको जनाएका हुन । प्रदेश सरकारले पहिलोपटक वित्तीय व्यवस्थापनतर्फ ५० करोड (१.४ प्रतिशत) बजेट विनियोजन गरेको छ ।

बजेटको स्रोतमा नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ११ करोड २६ लाख, सशर्त अुनदा ४ अर्ब २० करोड ८४ लाख, समपूरक अनुदान १ अर्ब ५७ करोड ३७ लाख , रोयल्टीबाट ३० करोड, आन्तरिक राजस्वबाट ४ अर्ब ६० करोड ८५ लाख ६० हजार राखिएको छ ।

 बाँकी रहेको ९ अर्ब पूर्ति गर्न चालु आर्थिक वर्षमा खर्च भई बाँकी रहने मौज्दात ७ अर्ब, आन्तरिक ऋणबाट १ अर्ब र नेपाल सरकारसंगको ऋणबाट १ अर्ब ब्यहोरिने जनाइएको छ । 


प्रतिक्रिया