७ सय ८८ जना आज स्वदेश फर्कदै

असार ४, २०७७ | काठमाडौं

कोभिड संक्रमणका कारण विभिन्न ४ मुलुकबाट अलपत्र परेका ७ सय ८८ जना नेपाली आज स्वदेश फर्कदैछन् । संयुक्त अरब इमिरेट्सबाट नेपाल एयरलाइन्स र एयर अरेबियाबाट ३ सय १६ जना आउँदैछन् । 

त्यसबाहेक हिमालयन एयरलाइन्सले मलेसियाबाट १ सय ५७ र साउदी अरबबाट १ सय ५७ जना तथा कुवेतबाट जजिरा एयरले १ सय ५८ जनालाई काठमाडौं ल्याउदैछ । उनीहरु सबैलाई प्रदेश अनुसार काठमाडौं उपत्यकामा रहेका विभिन्न होल्डिङ सेन्टरमा राखिनेछ । 

प्रारम्भिक स्वास्थ्य जाँच पछि सम्बन्धित जिल्ला पठाइने भक्तपुरको होल्डिङ सेन्टरको ब्यवस्थापन गरिरहेको वीरदल गण सुर्यविनायकका प्रमुख सेनानी शिवप्रसाद पौडेलले जानकारी दिनुभयो । स्वास्थ्य समस्या देखीएकालाई भक्तपुरको खरिबोट स्थिति क्वारेन्टिनमा राखिनेछ । 

विदेशबाट आएका नेपाली मध्ये अधिकांश पिसिआर परिक्षण विना नै काठमाडौं आउने गरेका छन् । 


प्रतिक्रिया