गण्डकीमा शुक्रबार ५६ जना कोरोना संक्रमित थपिए

असार ५, २०७७ | पोखरा

गण्डकी प्रदेशमा शुक्रबार थप ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा गी आज थप ५६ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ८० पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी बागलुङमा २४ संक्रमित थपिएका छन् । 

यस्तै, तनहुँमा १७, कास्कीमा ६, पूर्वी नवलपरासी र स्याग्जामा २/२ र पर्वतमा ५ जनामा संक्रमण देखिएको छ । पर्वतका सबै संक्रमित जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन् । 

प्रदेशमा संक्रमित मध्ये ३४ जना संक्रमण मुक्त भएका छन् । प्रदेशका ११ जिल्लामध्ये मुस्ताङमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका छैनन् । स्याङ्जाका एक जना संक्रमितको मृत्यु भईसकेको छ । 


प्रतिक्रिया