सुदूरपश्चिम प्रदेशमा संक्रमितको सख्या २ हजार नाघ्यो

असार १३, २०७७ | धनगढी

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको सख्या २ हजार ९० पुगेको छ । पछिल्लो दुई सातामा सक्रमणको दर तिव्र भएको छ । एकै दिन तिन सय भन्दा बढीलाई कोरोना देखिन थालेको छ । हाल सम्म ६ जनाको मृत्यु भएको छ । निको हुनेको सख्या २ सय ४४ पुगेको छ ।

शनिवार राष्ट्रिय जनस्वास्थय, वीर, शिक्षण अस्पताल र सेतीको प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिमका २ सय २८ जनामा कोरोना पुष्टि भएको छ । शनिवार थपिएका कोरोना संक्रमितको सख्यामा डोटी ६१, बैतडी २४, अछाम १३, डडेल्धुरा ८, कैलाली २५, बझाङ ८, बाजुरा ८६ र कञ्चनपुर ३ जना छन् ।

निर्देशनालयक अनुसार शुक्रवार सम्म कोरोना संक्रमितको सख्या सवैभन्दा धेरै कैलालीमा देखिएका छन् । कैलालीमा संक्रमितको सख्या ५ सय ७६, कञ्चनपुरमा ३ सय ७, डडेल्धुरामा २ सय २७, डोटीमा ३ सय २३, बैतडीमा २ सय २८, अछाममा १ सय २७, बाजुरामा २ सय १४, बझाङमा ७२, दार्चुलामा १६ लाई कोरोना संत्रमण देखिएको छ । हाल सम्म मृत्यु हुनेको सख्या ६ पुगेको छ । निको भएर घर फर्कनेको सख्या २ सय ४४ पुगेको छ ।

सुदूरपश्चिममा पहिलो संक्रमण युईएबाट फर्केका धनगढी उप महानगर वडा नम्वर ६ का एक युवकलाई चैत्र १४ गते कोरोना पोजिटिभ देखिएको थियो । उनीबाटै भाउजु नाता पर्नेमा कोरोना सरेको देखिएको थियो ।

स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीका अनुसार युईएबाट फर्केका युवकबाट महिलामा सरेको कोरोना संक्रमणले नेपाललाई दोस्रो चरणमा प्रवेश गराएको थियो । त्यसपछि चैत महिनामा कैलालीमा भारत र वीरगन्जबाट एक महिला सहित ५ जनामा कोरोना संक्रमण देखिएको थियो ।

अहिले पहिलो चरणको लकडाउनमा देखिएका पाँच जना संक्रमित निको भएर घर फर्कि सकेका छन । ‘उनीहरु कोरोना जितेर घर फर्केपछि सुदूरपश्चिम केहि दिन कोरोना मुक्त भएको थियो’ निर्देशक अवस्थीले भन्नुभयो, ‘पछिल्लो समयमा भारतबाट भित्रिएकाहरुले पुन: कोरोनाको चपेटमा रहेको छ, सुदूरपश्चिम ।’

भारत नेपालको सीमा नाका जेठ ७ गते पछि खुल्दा सुदूरपश्चिममा डेढ लाख बढी नेपाली कामदार भित्रिए । अवस्थीले अब्यवस्थित क्वारेन्टाईनको कारण पनि संक्रमण दर बढेको बताउनुभयो । ‘भारतबाट आएकाहरुबाट अग्रमोर्चामा खटिएका सीमानाकाबाट उद्धार गर्ने सुरक्षाकर्मी, बस चालक, एम्वुलेन्स चालक, जनप्रतिनिधि र स्वास्थ्यकर्मि संक्रमणित भएका छन, उहाँले भन्नुभयो ।

उहाँका अनुसार सुदूरपश्चिममा १५ जना स्वास्थ्य कर्मि सहति अग्रमोर्चामा खटिने २४ जनामा कोरोना संक्रमण देखिएको छ । तर अझै समुदायमा कोरोना फैली नसकेको दावी उहाँको छ ।

स्वास्थ्य निर्देशक अवस्थीले भारतबाट आउने क्रम नरोकिएको आइरहेकाहरु सक्रमित भएर आएको अझै सुदूरमा कोरोना संक्रमितको अंक ठुलो देखिने बताउनुभयो ।

परीक्षण रिर्पाेट आउनमा ढिलाई

सुदूरपश्चिम निर्देशनालयका अनुसार सुदूरपश्चिमका नौ वटै जिल्लाबाट २० हजार ७ सय ५ थ्रोट स्बाव संकलन भएको छ । सेती र राष्ट्रिय जन स्वास्थय प्रयोगशालाबाट शुक्रवार सम्ममा १५ हजार ७ सय ९८को मात्रै परीक्षण रिर्पाेट आएको छ । सेती र राष्ट्रिय जनस्वास्थ्य प्रयोशगालामा गरि ४ हजार ९ सय ७को परीक्षण रिर्पाेट आउन बाँकी छ ।

सेती प्रयोगशालामा संकलन भएको ११ हजार ८ सय १५ नमुना स्वाव मध्ये २ हजार ९ सय ३६ को परीक्षण नतिजा आउन बाँकी नै छ । राष्ट्रिय जन स्वास्थय प्रयोगशालामा पठाइएका ८ हजार ७ सय ९४ नमुना संकलनमा १ हजार ९ सय ७१को अझै नतिजा आउन सकेको छैन ।

आरडिटी परीक्षण भरपर्दाे नभए पनि स्थानिय तहले क्वारेन्टाईनबाट घर पठाउन ढिलो भएको भन्दै यसको प्रयोग गर्दै आएका छन । निर्देशनालयका अनुसार अहिले सम्म आर डिटीबाट १ लाख ७ हजार १ सय ३२ जनाको परीक्षण भएको छ । 


प्रतिक्रिया