प्रधानमन्त्रीको समर्थनमा पोखरामा पनि प्रदर्शन

 तस्बिर : लालप्रसाद शर्मा, रेडियो कान्तिपुर ।

असार १९, २०७७ | पोखरा

प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीभित्रैबाट राजीनामा माग भइरहेका बेला उहाँलाई हटाउन नहुने भन्दै केही युवा पोखराको सडकमा प्रदर्शनमा उत्रिएका छन । सत्तासीन नेकपामा पछिल्लोपटक प्रधानमन्त्रीको राजीनामालाई लिएर टकराव उत्कर्षमा छ ।

प्रम ओली समर्थित युवाले पोखराको मानवअधिकार चोकमा प्रदर्शन गरेका हुन । उनीहरुले प्रमबाट ओलीलाई हटाउन नपाइने भन्दै भारतीय दलाल होरिसयार, आज होइन भोलीलाई ५ वर्ष ओलीलाई, स्थिर सरकार जनताको चाहना जस्ता नारा लगाएका थिए । 

विहानैदेखि झरी परेपनि करीव एकसय जति युवा रेनकोट र छाता ओढेर प्रदर्शनमा उत्रिएका थिए । सहभागीले स्थीर सरकारले मात्र समृद्ध मुलुकको सपना साकार हुने भएकाले सरकार ढाल्ने खेलमा नलाग्न नेताहरुसमक्ष आग्रह गरेका थिए । युवाले कोणसभा पनि गरेका थिए । 


प्रतिक्रिया