तत्काल यातायात सञ्चालन गर्ने अवस्था छैन : यातायात ब्यवसायी महासंघ

 फाइल तस्बिर

असार २६, २०७७ | काठमाडौं

नेपाल यातायात ब्यवसायी महासंघले सरकारले अनुमति दिदैमा सार्वजनिक यातायात सञ्चालन गर्न सक्ने अवस्था नहरेको स्पष्ट पारेको छ । आफुहरुसँग छलफल नै नगरी छोटोदुरीमा यातायात सञ्चालन गर्ने सरकारको निर्णय अपरिपक्क रहेको उसको भनाई छ । 

सवारी साधनको नविकरण, पुनकर्जा, लगानीको संरक्षण लगायत बिषय आफुहरुको प्राथमिकतामा रहेको बताउँदै उनीहरुले सवारी साधन ग्यारेजमा थन्किएको, ब्याट्रि बिग्रिएको, मजदुर अन्यत्र गएको, बैंकको किस्ता, सहित ब्यवसायीसँग हाल दैनिक खर्चका लागी इन्धन हाल्ने रकम समेत नहुँदा तत्काल सवारी साधन चलाउन नसकिने तर्क गरेका छन् । 

दुइपक्षीय वार्ता पछि ब्यवसायीलाई राहत, विमा र सुरक्षाका उपाय अपनाउने वातावरण बारे सहमति हुन सके मात्रै सवारी साधन गुडाउन सकिने महासंघको भनाई छ ।

यातायात ब्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सवारी सञ्चालनको खर्च समेत नउठ्ने गरी अनुमति दिनु आपत्तिजनक रहेको बताउनुभयो । रेडियो कान्तिपुरसँग कुरा गर्दै महासचिव सिटौलाले हाल चाहेर पनि सडकमा सवारी साधन चलाउन सक्ने अवस्था नरहेको बताउनुभयो । 

आधिकारिक धरणा सार्वजनिक गर्न आज दिउँसो १ बजे यातायात ब्यवसायी राष्ट्रिय महासंघको बैठक बस्दैछ । सरकारले हचुवाको भरमा निर्णय गरेको महासचिव सिटौलाले आरोप लगाउनुभयो । 


प्रतिक्रिया