तनहुँमा पहिरोमा ५ जना पुरिए

असार २९, २०७७ | तनहुँ

तनहुँको ऋषिङ्ग गाउँपालिका वडा नम्बर ८ भैसीखेलीमा खसेको पहिरोले एउटा घर पुरिदा ५ जना बेपत्ता भएका छन् । 

अबिरल बर्षका कारण गएराती खसेको पहिरोले घरसँगै एकै परिवारका ५ जना पुरेको तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । उद्धारका लागि प्रहरी टोली खटाइएको उहाँले बताए । तर, अबिरल बर्षाका कारण बाटोमा ठाउँठाउँमा पहिरो गएकाले उद्धार टोली घटना स्थल पुग्न नसकेको स्थानीय मधु श्रेष्ठले बताए । 

यता म्याग्देमा घर भत्किदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्देको वडा नम्बर ६ का १७ बर्षीय लक्ष्मी विक रहेको प्रहरीले बताएको छ । गम्भिर घाइते उनको रत्नहरि अस्पताल दमौलीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया