धादिङमा पहिरोले ३ जनाको मृत्यु

श्रावण ६, २०७७ | धादिङ

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–गुल्जुङमा पहिरोमा परेर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । 

अविरल बर्षापछि गएराति आएको पहिरोले घर पुरिदा २८ बर्षीय मिलन खाँण, उनकी श्रीमती २६ बर्षीया सम्झना खाँण र छोरी २ बर्षीया अन्जिता खाँणको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी रुपक खड्काले जानकारी दिनुभयो । 

अहिले प्रहरी घटनास्थलतर्फ गइरहेको पनि डीएसपी खड्काले बताउनुभयो । आइतबारदेखि परेको लगातारको बर्षाले धादिङका विभिन्न ठाउँमा पहिरो गएको छ । 

विभिन्न ठाउँमा आएको पहिरो र बाढीले पृथ्वी राजमार्ग अन्य सडक क्षतविक्षत भएकाले उद्धार र राहत कार्यमा समस्या भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया