कोरोना संक्रमतिको पहिचान र व्यवस्थापनमा स्थानीय तह उदासिन

श्रावण १०, २०७७ | काठमाडौं

लकडाउन खुलेसँगै कोरोना संक्रमितको पहिचान तथा व्यवस्थापनमा स्थानीय तहले समेत चासो देखाउन छाडेका छन् । नागरिकले स्वयंले कोरोना संक्रमणबाट बच्न आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुपर्ने उनीहरुको तर्क छ ।

लकडाउन खुलेसँगै स्थानीय तह अन्य कार्यहरुमा समेत लाग्नुपर्ने भएकाले उनीहरुको ध्यान मोडिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले बताउनुभयो ।

 लकडाउको समयमा क्वारेन्टिनको निर्माण र व्यवस्थापनमा स्थानीय तहहरु व्यस्त थिए । विदेशबाट भित्रिने व्यक्तिहरुको संख्यामा आएको कमीसँगै केही स्थानका क्वारेन्टिन स्थलसमेत रित्तिन थालेसँगै स्थानीय तहको ध्यान चालु आर्थिक वर्षको बजेट पारित गराउन तर्फ खिचिएको छ । 

लकडाउन हटेपछि श्रममा आधारित राहत कार्यक्रम समेत स्थागित भएको मन्त्रालयका प्रवक्ता अधिकारीले बताउनुभयो । स्थानीय तहमा गठन गरिएको कोभिड रेस्पोन्स टिमलाई हाल असंगठित क्षेत्रका मजदुरको तथ्याङ संकलनमा खटाइएको छ । अधिकांश स्थानीय तहले कोभिड १९ प्रभावितलाई लक्षित गर्दै बजेट ल्याएकोले सोही विषयमा केन्द्रीत रहेको प्रवक्ता अधिकारीको भनाई छ । 


प्रतिक्रिया