पाथीभरा क्षेत्रमा केबलकारः दोश्रो चरणको आन्दोलन घोषणा

फाल्गुन २६, २०८१

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा रहेका संघसंस्था र समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन् । मुक्कुमलुङ संरक्षण र केबलकार खारेजको मुद्धा टुंगोमा नपुगेसम्म वार्तालाई खुला राख्दै आन्दोलनलाई संगसंगै अघि बढाइएको उनीहरुले बताएका छन् । 

ती संघसंस्था र समूहद्धारा जारी विज्ञप्तिमा धार्मिक, सांस्कृतिक र पर्यावरणीय मुक्कुमलुङ संरक्षणका लागि गरिएको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरेको आरोप लगाइएको छ । दोस्रो चरणको आन्दोलनमा कोशीका १४ वटै जिल्ला तथा काठमाडौं उपत्यकामा भेला, छलफल तथा जागरण अभियान लगायत कार्यक्रम तय गरिएका छन् । आन्दोलनरत संघ संस्थाले सिंहदरबार घेराउ, फोटो प्रदर्शनी र आमसभा जस्ता कार्यक्रम गरिने बताएका छन् । 


प्रतिक्रिया