कालिकोटमा पहिरोमा परी ८ जनाको मृत्यु

श्रावण १४, २०७७ | कालिकोट

कालिकोटमा पहिरोले ३ घर पुर्दा ८ जनाको मृत्यु भएको छ । जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नम्बर ४ र ७ मा खसेको पहिरोले घर पुर्दा उनीहरुको मृत्यु भएको हो ।

 वडानम्बर ७ मा पहिरोले २ घर पुर्दा ६ जनाको मृत्यु भएको छ । वडा नम्बर ४ मा एक घर पहिरोले पुर्दा २ जनाको मृत्यु भएको छ ।

 घटनास्थलमा प्रहरी पुगिनसकेकाले विस्तृत बिवरण प्राप्त हुन नसकेको उहाँले बताउनुभयो । पहिरोले पुरिएका केहीलाई घाईते अवस्थामा उद्धार गरी स्थानिय स्वास्थ्य संस्था पुर्याएको स्थानीयले बताएका छन् ।


प्रतिक्रिया