मेलम्ची पहिरोमा पुरिएका ८ जनाको शव फेला

श्रावण १९, २०७७ | सिन्धुपाल्चोक

लगातारको बर्षाका कारण पहिरो खसेर सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ गैह्रिबजारमा निर्माणधीन कबर्डहल पुरिँदा बेपत्ता भएका सबै ८ जनाको शव फेला परेको छ । १ जनाको भने घाइते अवस्थामा उद्धार गरिएको छ ।

 पहिरोमा पुरिएका विरगन्जका ३५ बर्षीय प्रदिप चौरासिया, २१ बर्षका राजेश चौधरी, २५ बर्षका थिङ मान बहादुर रुम्बा, २० बर्षीया सिमन घलानी, २१ बर्षका शिववालक धामी, १७ बर्षीय सोनाम लामा र भारतीय नागरिक ४२ बर्षीय राजेन्द्र चौरासियाको शव फेला परेको रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्ले जानकारी दिनुभयो । 

घाइते भारतीय नागरिक ३५ बर्षीय बारु शाहको मेलम्ची स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याईको छ । 


प्रतिक्रिया