कोरोना संक्रमणका कारण कांग्रेस जिल्ला उपसभापति गिरीको निधन

भाद्र २, २०७७ | नवलपरासी

कोरोना संक्रमणका कारण नेपाली कांग्रेस पश्चिम नवलपरासीका जिल्ला उपसभापति सुवासचन्द्र गिरीको निधन भएको छ । 

रुपन्देहीको भैरहवास्थित मेडिकल कलेजमा पित्त थैलिमा रहेको पत्थरीको उपचार गर्ने क्रममा ३८ बर्षीय गिरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि गत शुक्रबार ललितपुरको पाटन अस्पताल ल्याएकोमा उपचारका क्रममा आज विहान उहाँको निधन भएको हो ।

बिजय गच्छदारको नेतृत्वमा रहेको फोरम लोकतान्त्रिकको जिल्ला अध्यक्ष रहेका गिरी पार्टी एकीकरण पछी कांग्रेसको जिल्ला उपसभापतिमा मनोनित हुनुभएको थियो । 


प्रतिक्रिया