धरानमा कोरोनाले एक महिलाको मृत्यु

भाद्र ३, २०७७ | सुनसरी

कोरोना संक्रमणका कारण सुनसरीमा एक जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररतमोरङको बुढीगंगा २ की ६७ बर्षीया महिलाको गएराती मृत्यु भएको हो ।

 ती महिलालाई साउन २५ गतेदेखि उच्च ज्वरो, अत्यधिक खोकी र स्वासप्रश्वासमा समस्या देखिएपछि विराट मेडिकल कलेजमा लगिएको थियो । विराट मेडिकल कलेजले रोग पहिचान गर्न नसकेपछि हिजो विहान वीपी प्रतिष्ठानमा रिफर गरेको थियो ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार ती महिलाको मुटुमा पनि समस्या थियो । 


प्रतिक्रिया