धरानमा कोरोना संक्रमणबाट आमा–छोराको मृत्यु

भाद्र १४, २०७७ | सुनसरी

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत एकै परिवारका आमा र छोराको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता प्राडा निदेश सापकोटाका अनुसार मृत्यु हुनेहरुमा धरान १७ बस्ने ७४ वर्षीया आमा र उनका ६० वर्षीय सौतेनी छोरा रहेका छन् । आमा छोरा मुत्य ४५ मिनेटको फरकमा भएको थियो ।

छोराको आइतबार विहान ७ बजेर ४५ मिनेटमा मृत्यु भएको थियो भने वृद्धा आमाको साढे ८ बजे मृत्यु भएको थियो । उनीहरुलाई कोभिड अस्पतालमा भदौ १३ गते बेलुका साढे ८ बजे भर्ना गरिएको थियो । वृद्धालाई मधुमेह र उच्च रक्तचापको समस्या रहेको थियो भने छोरालाई मधुमेह र कलेजोमा समस्या थियो । दुवैलाई १० दिनदेखि दुवै खोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या अएको थियो । । चिकित्सकले आमालाई कोरोना संक्रमणको शंकास्पदमा र छोरालाई कोरना संक्रमण नै भएको निक्र्यौल गर्दै तत्काल पिसिआर जाँचका लागि स्वाव संकलन गरेको थियो । उनीहरुको मृत्यु पछि मात्र पिसिआर रिपोर्ट कोरोना पोजेटिभ आएको थियो । अस्पतालमा पुर्‍याउदा दुवैजनाको अवस्था गम्भीर रहेको प्रतिष्ठानका प्रवक्त डा सापकोटाले बताउनुभयो ।

मृतक दुवैको शव व्यवस्थापनको कार्य भइरहेको पनि प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा हालसम्म उपचारको क्रममा १७ जना संक्रमितको मृत्यु भइसकेको छ जसमध्ये ५ जना धरानका छन् । धरान १७ रेल्वेचोक बस्ने एकै घरका दुइजनाको मृत्यु भएपछि वडामा थप सतर्कता अपनाइएको वडाध्यक्ष मनोज भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो ‘मृतकका घरका परिवार कोही पनि विदेश गएका थिएनन् । समुदायस्तरमा फैलिएको कोरोना भाइरसको चपेटामा उनीहरु परे ।’ 


प्रतिक्रिया