कालीकोटको नाग्म बजारमा पहिरो : ५ वर्षीय एक बालक मृत भेटिए१२ जना बेपत्ता

भाद्र १४, २०७७ | कालीकोट

कालीकोटको तिलागुफा १ मा पर्ने नाग्म बजारमा आज विहान पहिरोले चार घर पुरिदा १२ जना बेपत्ता भएका छन् । ५ वर्षीय एक बालक मृत भेटिएका छन् भने २ जनाको जीवितै उद्दार गरिएको छ ।

 स्थानीय प्रशासनले भदौ २० गतेसम्म निषेधआज्ञा जारी गरिएको नाग्ममा विहान पहिरो जाने बेला सबै घरभित्रै भएकाले ठूलो मानवीय क्षति भएको हुन सक्ने नागरिक समाजका अगुवा धनीराम न्यौपानेले बताउनुभयो । पहिरो जाने बेला कति जना घर भित्र थिए भन्ने एकीन नभए पनि स्थानीयले करिब १२ जना रहेको आशंका गरेका छन् । प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले मोबाइल टावर नलाग्ने नाग्म बजारमा जुम्लाबाट उद्दार टोली घटनास्थल पुगेको जानकारी दिनुभयो ।

लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरिकारको घर भत्किएका हुन् । घर भित्र पुरिएको अवस्थामा निराजन शाहीको शव निकालिएको छ ।

पहिरोले कर्णाली राजमार्ग पनि अवरुद्ध भएको छ । कालीकोट र जुम्लाको सिमानामा पर्ने नाग्म बजार कालीकोटको तिलागुफा नगरपालिका, जुम्लाको हिमा र तिला गाउपालिकाको ब्यापारिक केन्द्र हो । 


प्रतिक्रिया