वीपी प्रतिष्ठानमा कोरोना संक्रमणबाट थप एकको मृत्यृु

भाद्र १६, २०७७ | सुनसरी

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा धरानमा उपचारको क्रममा थप १ जनाको मृत्यु भएको छ । सिराहाका मिर्चैया ६ का ६५ बर्षीय पुरुषको सोमबार राती ८ बजेर ४५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

उनलाई एक साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो । विराटनगरको बिराट मेडिकल कलेजबाट रिफर भएपछि उनलाई प्रतिष्ठानको कोभिड अस्प्तालमा गत बुधबार भर्ना गरिएको प्रवक्ता प्राडा.निदेश सापकोटाले बताउनुभयो । लामो समयदेखि मधुमेह र उच्च रक्तचाप तथा मृगौलासम्बन्धी बिरामी थिए ।

पछिल्लो समय ज्वरो, खोकी, श्वास फेर्न कठिन र अत्यधिक टाउको दुख्नुकासाथै शरीरको महत्वपुर्ण अंगहरु निष्क्रिय भएको अवस्थामा उनी प्रतिष्ठानमा भर्ना भएका थिए । भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भएपछि उनी बिराटबाट रिफर भएका थिए ।

प्रतिष्ठानमा पनि उनको २ पटक डाइलाइसिस गर्नुपरेको प्रवक्ता डा.सापकोटाले बताउनुभयो । मृतकको शवको व्यवस्थापन नियमानुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।


प्रतिक्रिया