सुनसरीमा थपिए एकैदिन ५६ कोरोना संक्रमित

भाद्र १६, २०७७ | सुनसरी

सुनसरीमा आज एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इनरुवास्थित स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन तथा पव्लिक हेल्थ नर्स सृजना लिङ्थेपका अनुसार ११ महिला सहित ५६ जनाको पिसिआर रिपोर्टमा कोभिड १९ पोजेटिभ पाइएको हो ।

 संक्रमित मध्ये सवैभन्दा बढी इनरुवा नगरपालिकामा २६, इटहरी उपमहानगरपालिकामा २१, दुहबी नगरपालिकामा ७ धरान उपमहानगरमा दुइजना रहेका छन् ।

उहाँका अनुसार सुनसरीमा अहिले सम्म कोरोना सङ्क्रमितको कुल संख्या ७ सय ६२ पुगेको छ । ती मध्ये ३ सय ५० जना निको भएका छन् । ५ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ


प्रतिक्रिया