सिरहा कारागारका ५९ कैदीबन्दी कोरोना संक्रमित

भाद्र २५, २०७७ | काठमाडौं

सिरहामा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ५९ जना सिरहा कारागारका कैदी बन्दी छन भने ७ जना नेपाली सेना र एक मिर्चैया नगरपालिकाका छन् ।

पछिल्लो ३ दिनमा सिरहामा १ सय ४२ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो । यो सँगै जिल्लामा सक्रिय संक्रमित २६५ पुगेको छ । 

३ सय ५५ जना भने निको भएर घर फर्किसकेका छन् । १० जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।जिल्लामा संक्रमित थपिँदै गएपछि आइसोलेसन बेडको अभाव हुन थालेको स्वास्थ्य कार्यालयले जनाएको छ । 


प्रतिक्रिया