वीपी प्रतिष्ठानमा कोरोना संक्रमित ३५ बर्षीय पुरुषको मृत्यु

भाद्र ३१, २०७७ | काठमाडौं

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ । 

सप्तरीको खडक नगरपालिका ३ का ३५ बर्षीय संक्रमित पुरुषको बिहान ६ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता प्रा.डा. निदेश सापकोटाले जानकारी दिनुभयो । 

उच्च रक्तचापको समस्यासंगै मृगौलाको समस्याबाट पिडित पुरुष एक बर्षदेखि सातामा दुईपटक डाइलाइसिस गर्दै आएका थिए । उनलाई गत आइतबार कोरोना संक्रमण पुष्टी भएको थियो । 


प्रतिक्रिया