स्याङ्गजामा पहिरोमा परेर ५ जनाको मृत्यु, ४ जना बेपत्ता

आश्विन ८, २०७७ | पोखरा

स्याङजाको वालिङ नगरपालिका– १४ तमाधिमा पहिरोमा परेर एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घरधनी माया नेपाली, दीपक नेपाली, सेनी नेपाली, जीवन नेपाली र उमा नेपाली छन् । उमा सो घरमा पाहुन बस्न गएकी थिइन् । अझै ४ बेपत्ता छन । 

माया नेपालीकी छोरी मनिषाको जीवितै उद्धार गरी उपचारका लागि वालिङ अस्पताल पठाइएको छ ।



प्रतिक्रिया