खुल्यो तातोपानी नाका

आश्विन १९, २०७७ | सिन्धुपाल्चोक

करिब डेढ महिनादेखि ठप्प उत्तरी तातोपानी नाका संञ्चालनमा आएको छ । गएको असोज १३ गते नेपाल र चिनियाँ अधिकारीबीच भएको सहमतिअनुसार तातोपानी नाका आजबाट सञ्चालनमा आएको हो ।

नाका खुलेसँगै तीब्बतको खासा क्षेत्रमा रोकिएका नेपाली ब्यबसायीका एक सय बढी मालबाहक कन्टेनर नेपाल भित्रिने तातोपानि सुख्खा बन्दरगाह तथा भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो । 

मालसामान बोकेका १२ वटा कन्टेनर हिजो बेलुकी नै भोटेकोशी गाउँपालिका वडा २ तातोपानीस्थित सुख्खा बन्दरगाह तथा भन्सार कार्यालय आइपुगेको खत्रीले जानकारी दिनुभयो । सहमतिअनुरुप नाका खोलिएलगत्तै हिजो बेलुकी चिनियाँ पक्षले सामान मितेरी पुलमा अनलोड गरेर फर्किएको थियो ।

यसैबीच कोरोना भाइरस संक्रमण रोकथामको लागि तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयले २९ जनाको दुई समुहलाई लोड अनलोड गर्न तयारी अवस्थामा राखेको जनाएको छ । सबैको ५ दिनमा परीक्षण गरिने कार्यालयले जनाएको छ । तिब्बतको स्थानीय प्रशासन नेलाम काउन्टीले खासाभन्दा करिब ३५ किलोमिटर माथिको ‘क्यानोन कु’ ताल फुट्ने संम्भावाना भएकाले तातोपानी नाकाबाट कारोबार नगर्न भन्दै नागरिकलाई सूचना जारी गरेपछि पछिल्लो पटक नाका बन्द थियो । 


प्रतिक्रिया