धरानका ५५ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

आश्विन १९, २०७७ | सुनसरी

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । 

कोरोना संक्रमित धरान उपपमहानगरपालिका १५ बााझगराका ५५ बर्षीय पुरुषको आज बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनुभयो । संक्रमितमा उच्च रक्तचाप र मृगौलाको समस्या रहेको प्रतिष्ठानले जनाएको छ । 

उनलाई असोज १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनी कोभिड अस्पतालमा भर्ना भएका थिए । योसहित धरानमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ९ पुगेको छ भने प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको कुल संख्या भने ४० पुगेको छ ।


प्रतिक्रिया