जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

मंसिर १३, २०७७ | रुकुम

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७,पोखरामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

आठबीसकोट–२० को घारीखोलाबाट जन्ति लिएर दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जिप गएराति दुर्घटना हुँदा आठबीसकोट नगरपालिका–८, का ५१ वर्षीय गोरे नेपाली, ६६ बर्षीय सार्के नेपाली, ४८ बर्षीय आइते चदारा र सोही नगरपालिका–७, का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनुभयो । 

दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली गम्भिर घाइते भएको डिएसपी केसीले बताउनुभयो । जन्ती ओराल्ने क्रममा जीप एक्कासी पछि सरेर दुर्घटना भएको स्थानीयले बताएका छन् ।


प्रतिक्रिया