कोरोना संक्रमणबाट बृद्धको मृत्यु

मंसिर १७, २०७७ | काठमाडौं

पूर्वी नवलपरासीको कावासोतीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । उपचारका क्रममा कावासोती नगरपालिका वडा नम्बर १४ का ७८ बर्षीय एक बृद्धको गएराति अबेर मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशब चापागाईले जानकारी दिनुभयो ।

जिल्ला अस्पताल डण्डामा उनी ५ दिन अघि भर्ना भएका थिए । उनमा निमोनिया समेत देखिएकाले स्वास्थ्य अबस्था जटिल बन्दै गएर मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै कोरोना संक्रमणवाट पूर्वी नवलपरासीमा २९ जनाको मृत्यु भैसकेको छ भने २ हजार भन्दा बढी संक्रमीत भैसकेका छन । 

जिल्लाको कोभिड अस्थायी अस्पताल रजहरमा उपचार गराएका ८ सय ३९ निको भैसकेका छन । पछिल्लो तीनसाता यता कोरोना संक्रमण देखिएकाहरु होम आइसोलेशनमा बस्ने क्रम बढेको छ । 


प्रतिक्रिया