नेता पौडेलद्वारा तनहुँमा पुल उद्घाटन

मंसिर १८, २०७७ | तनुहँ

अन्तत:  स्थानीय प्रशासनको अवरोध र नेकपा निकट यूवा संघको अवरोधका बीच कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनुहँको व्यास नगरपालिका–१ स्थित तालघरे र दुम्सी जोड्ने बुल्दी खोलामा पुलको उद्घाटन गर्नुभएको छ ।

 पुल उद्घाटनको विषयलाई लिएर हिजो कांग्रेस र राष्ट्रिय युवा संघका कार्यकर्ताबीच विवाद भएको थियो । असहज परिस्थितिको मूल्याङ्कन गर्दै स्थानीय प्रशासनले हिजो मध्यान्न १२ बजेदेखि ६ घण्टा निषेधाज्ञा लगाएको थियो । 

निषेधाज्ञाको अवज्ञा गरी पुल उद्घाटनमा गएको भन्दै प्रहरीले नेता पौडेललाई हिजो ३ घण्टाबढी नियन्त्रणमा लिएको थियो । सयौं कार्यकर्तासहित नेता पौडेल आज पुल उद्घाटनका लागि पुल निर्माण स्थल पुग्नु भएको थियो ।  


प्रतिक्रिया