हुम्लामा जिप दुर्घटना, ४ जनाको मृत्यु, ७ घाईते

मंसिर २०, २०७७ | मुगु

हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुकामा गएराति जीप दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सिमकोटबाट बिरामी लीन हेप्काखोला गएको लु २ च २१०२ नम्बरको बलेरो जीप दुर्घटनामा परेको प्रहरी निरीक्षक सिताराम बिष्टले बताउनुभयो । दुर्घटनामा १ महिला सहित ४ जनाको मृत्यु भएपनि मृतकको सनाखत भने हुन नसकेको प्रहरीले जनाएको छ । 

घाइतेहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बलेरो जीप सडकबाट करिब ६ सय मिटर तल खसेको हुम्ला प्रहरीका प्रबक्ता बिष्टले जानकारी दिनुभयो । 


प्रतिक्रिया