रौतहटका आईसोलेसन रित्तियो

पुस १५, २०७७ | रौतहट

पछिल्लो समय रौतहटमा कोरोना संक्रमितका लागि बनाईएका आईसोलेसन रित्तिएका छन् । कुनै समय कोरोनाको हटस्पट रहेको रौतहटमा अहिले संक्रमितको संख्या ३ जना मात्रै रहेको र उनीहरु पनि होम आईसोलेसनमा छन् । बाहिरबाट आएकालाई राख्न बनाईएको क्वारेन्टिन समेत रित्तिएको छ ।

 चन्द्रपुर नगरपालिका २ स्थित ४० बेडको आईसोलेसन वार्ड र देबाही नगरपालिकाको धरहरीमा रहेको १ सय बेडको आईसोलेसनमा एकजना पनि बिरामी छैनन् । प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले दुबै आईसोलेसन रित्तिएको बताउनुभयो । त्यस्तै जिल्लामा संचालनमा रहेको १ सय बेडको क्वारेन्टाईन पनि खाली भएको छ । जिल्ला प्रशासनका अनुसार अहिले सम्म जिल्लामा २ हजार ६१ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । ती मध्ये १४ जनाको मृत्यु भएको छ । 


प्रतिक्रिया