जागिरको प्रलोभन देखाएर २७ लाख ठगी गर्ने दुई जना पक्राउ
पुस १४, २०८२ | काठमाडौं
अनलाइन जागिरको प्रलोभन देखाएर करिब २७ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
गुल्मीको धुर्काेट गाउँपालिका–३ की एक महिलाको २६ लाख ९६ हजार हजार ठगी गर्ने पर्साको वीरगन्ज उपमहानगरपालिका– २१ का २६ वर्षीय श्रवणकुमार पटेल काठमाडौंबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डीएसपी गंगाबहादुर सारुले जानकारी दिनुभयो ।
उनले नेटवर्किङ विजनेसको माध्यमबाट अनलाइनमार्फत रकम कमाउन सकिने भन्दै प्रलोभन देखाएर विभिन्न समयमा सो रकम ठगी गरेका थिए । सोही ठगी आरोपका अर्का आरोपी कैलाली लम्कीचुहा नगरपालिका–६ का ४७ वर्षीय विष्णुबहादुर रावल भने पक्राउ परिसकेका छन् ।
सो घटनामा संलग्न अन्य केहीको खोजी भइरहेको डीएसपी सारुले बताउनुभयो ।











