राडीबजारमा अनश्चितकालीन निषेधाज्ञा जारी

माघ ६, २०७७ | रुकुमपश्चिम

रुकुमपश्चिमको राडीबजारमा अनश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नभएसम्मका लागि आज ५ बजदेखि निषेधाज्ञा लगाएको हो ।

 राडीबजारमा अनावश्यक भेला, अवाञ्छित गतिविधि र शान्ति भंग हुने खालका हुलदंगा गरी अशान्ति सिर्जना गर्ने प्रयास भएकोले स्थिती नियन्त्रणमा लिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभयो । पूर्वमा घारीखोला, पश्चिममा ठूलीभेरी, दक्षिणमा सिमबजार र उत्तरमा दाँजेबाट कोही पनि राडीबजार प्रवेश गर्न नपाउने गरी निषेधाज्ञा लगाइएको हो । 

चारकिल्ला तोकिएको क्षेत्रभित्र निशेधाज्ञा उल्लंघन गरे कानुन अनुसार कारबाही हुने प्रजिअ गैह्रेले बताउनुभयो । निशेधित क्षेत्रमा एकै ठाउँमा पाँच जनाभन्दा बढी उभिन नपाउने, भेला तथा भीडभाड गर्न नपाउने, बिरामी बोकेका गाडी, खाद्यान्न बोकेका गाडीबाहेक कुनै पनि सार्वजनिक सवारी तथा मोटरसाइकल नचलाउन भनिएको छ । राडीबजारमा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच आज पनि दिनभरजसो झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले ९ राउण्ड हवाई फायर समेत गरेको थियो ।  


प्रतिक्रिया