अदालतलाई देखाएर कांग्रेस पन्छिने कि लोकतन्त्रको रक्षा गर्न अघि बढ्ने ? : पौडेल

फाल्गुन ६, २०७७ | काठमाडौं

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उत्कृष्ट, समावेशी, सन्तुलित संविधानलाई केपी ओलीले प्रहार र हमला गरेको अवस्थामा कांग्रेसले अदालतलाई देखाएर पन्छिन नमिल्ने बताउनुभएको छ । ‘यस्तो अवस्थामा कांग्रेसको कर्तव्य के हो ? भन्ने प्रश्न गर्दै पौडेलले लोकतन्त्रको संरक्षक र पहरेदार भएर नेपाली जनताको आसा र भरोसाको केन्द्र हुनुपर्नेमा कांग्रेस नेतृत्वले अदालतले के गर्छ ? कसले के गर्छ ? भनेर बसेको आरोप लगाउनुभयो । ‘कसले के गर्छ भनेर हेर्ने हो की लोकतन्त्रको रक्षाको लागि आफैँ अघि सर्ने र बढ्ने हो ?’ देउवाप्रति लक्षित गर्दै उहाँले भन्नुभयो ‘ओलीको कदम लोकतन्त्रमाथिको प्रहार र तानाशाही भएकाले यसको विरोध गर्नु कांग्रेसको कर्तव्य हो ।’ यही बुझेर देशभरका कांग्रेस कार्यकर्ता विरोधमा उत्रिएको तर कांग्रेस पार्टीका नेताले जनतलाई कन्फ्युजनमा पारेर हिँड्न्े, र जे मन लायो त्यही बोलेर हिड्ने भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो ।

मुलुकमा आज जे हुन्छ संविधानको अक्षर र भावना अनुसार हुने भन्दै उहाँले अदालतले फैसला गर्दा पनि संविधानमा जे लेखेको छ सोही अनुसार हुनुपर्ने बताउनुभयो । ‘संविधान अनुसार हुनुपर्छ भनेर कांग्रेसले किन नभन्ने । चुनावचुनाव भन्ने’ उहाँले भन्नुभयो, ‘चुनाव पञ्चायतमा पनि भएको थियो । जहिले पनि होला, हुन्छ । तर संविधान र लोकतन्त्र बचेमात्र चुनावको अर्थ हुन्छ ।’ ५ वर्षसम्म दिएको सरकार चलाउने अधिकारलाई ३ वर्षमै संसद फालेर सररकार र कम्युनिष्ट भाग्ने ? पार्टीमा झगडा पर्‍यो भनेर संसदमाथि प्रहार गर्ने अनि यस्तो कुरालाई कांग्रेसले हेरेर बस्न सक्छ ? मुलाइजा गर्न सक्छ ? उहाँको प्रश्न थियो । कांग्रेस केन्द्रीय समितिले ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भनेर निर्णय गरिसकेको उहाँले बताउनुभयो ।

संविधानै फाल्ने नियतले ओलीले कदम चालेको र अदालतले नबचाए कस्तो अवस्था देशले व्यहोर्नु पर्छ भन्नतर्फ सोच्नुपर्ने पौडेलले बताउनुभयो । ‘यसकारण हामीले अदालतलाई पनि किन खबरदारी नगर्ने ? के अदालतलाई हामीले छुनै नहुने गरी राखेका छौँ’ उहाँले भन्नुभयो, ‘अदालतले संसद पुनस्र्थापना गर्ने विश्वास छ । संसद पुनस्र्थापना हुन्छ, हुनैपर्छ । नभए मुलुक बर्बादी हुन्छ । गृहयुद्धको अवस्था आउन सक्छ । अफागनिस्तान बन्न सक्छ । त्यसबाट बचाउने जिम्मेवारी सर्बोच्चको काँधमा आएको । न्याय मूर्तिको हातमा आएको छ ।’ लोकतन्त्रमाथि प्रहार हुदा पीडित पक्ष भएकाले न्याय माग्नका लागि बोल्ने भन्दै उनले ७० वर्षदेखि लढेर ल्याएको परिवर्तन उल्टाउन देशी–विदेशी षडयन्त्र भइरहेकाले यसलाई बचाउन सर्वोच्चले संरक्षण गर्नुपर्ने बताए । देशलाई बचाउन संसद पुनस्र्थापना गरोस् भनेर किन नबोल्ने ? प्रश्न गर्दै उहाँले अदालतलाई धम्क्याएको नभई अनुरोध, वकालत, जिकिर, बहस गरिएको बताउनुभयो । यस्तो अनुरोध गर्नु कर्तव्य भएको र नगरे कर्तव्यच्यूत हुने बताएका उहाँले सबै कुरा अदालत भनेर पन्छाएर हिँडियो भने हाम्रो के काम, पार्टी र नेताको के काम भन्दै त्यसकारण सही निर्णय बाटोमा जान नेतृत्वसमक्ष आग्रह पनि गरे ।

लोतन्त्रलाई राम्रोसँग चलाउन नसक्दा अहिलेसम्म दुख पाइएको भन्दै उहाँले नेताहरु लोकतन्त्रको सट्टा ठालूतन्त्र चलाएर बसेको परिणाम रहेको बताउनुभयो । ‘लोकतन्त्र चाहियो । ठालूतन्त्र हदैन । चाहे जुन ठालू होस यी ठालूले के गरे’ पार्टी सभापतिप्रतिनै इंगीत गर्दै आक्रामक रुपमा प्रस्तुत भएका उनले भने, ‘हातमा डाडुपन्यू लिइ बसेका ठालुले पार्टीलाई समावेशी बनाएनन । ठालुले यसको जिम्मेवारी लिनुपर्छ । यसको लेखाजोखा हुनुपर्छ ।’


प्रतिक्रिया