डढेलोमा परेर एक जनाको मृत्यु

चैत्र १३, २०७७ | रुकुम पश्चिम

रुकुम पश्चिममा रहेको बुकीबारी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा बाँफिकोट गाउँपालिका–१०, की ४५ वर्षीया सर्केनी परियारको मृत्यु भएको छ।

 जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कपिल शाहीकाअन्सार डढेलो तीब्र गतिमा बढ्न थालेपछि निभाउन गएकी उनको जलेर मृत्यु भएको हो । बाँफिकोट १० र छिमेकी सानीभेरी गाउँपालिका—३, का ६ वटा सामुदायीक वनमा लागेको आगो नियन्त्रणमा आउन नसकेको स्थानीयले बताएका छन् ।  


प्रतिक्रिया