प्रधानमन्त्री ओलीको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत

वैशाख २७, २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विश्वास गुमाउनु भएको छ । प्रतिनिधि सभाको आज बसेको बैठकमा प्रधानमन्त्री ओलीले पेस गर्नुभएको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो । 

ओलीले राख्नुभएको प्रस्तावको पक्षमा एमालेका ९३ जना सांसदले मतदान गरेका थिए । विपक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाका उपेन्द्र यादव–बाबुराम भट्टराई समूहका १ सय २४ सांसदले मत दिएका छन् । जसपाको महन्थ ठाकुर समूह भने तटस्थ बसेको छ । १५ सांसद तटस्थ बसेको सभामुख अग्नि प्रसाद सापकोटाले जानकारी गराउनुभयो । 

एमालेका झलनाथ खनाल–माधवकुमार नेपाल समूहका २७ सांसद उपस्थित भएका थिएनन् । आजको मतदानमा २ सय ३२ जना सांसद सहभागि थिए । प्रधानमन्त्री ओलीले संसदबाट विश्वास गुमाएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । अब राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गर्नुपर्ने हुन्छ । प्रतिनिधि सभाको अर्को बैठक आगामी बिहीबारका लागि बोलाइएको छ ।


प्रतिक्रिया