बारपाकमा खटाइयो चिकित्सकसहितको स्वास्थ्य टोली

जेष्ठ १४, २०७८ | गोरखा

गोरखा अस्पतालका डा. सन्दीप श्रेष्ठ नेतृत्वको चार जनाको टोली पनि बारपाक गएको छ । बारपाक सुलिकोट गाउँपालिका–१ र २ मा जेठयता दुई साताको अवधिमा १३ जनाको मृत्यु भएको छ । तीमध्ये तीन जनामा कोरोना पुष्टि भएको छ भने बाँकीको परीक्षण भएको छैन । स्थानीयका अनुसार गाउँभरि दुई सयभन्दा बढी बिरामी छन् ।

अवस्था जटिल बनेपछि निर्देशनालय र स्वास्थ्य कार्यालय गोरखाले चिकित्सकसहितको टोली खटाएका हुन् । टोलीले तीन दिनसम्म बारपाकका घर–घर पुगेर कोरोना परीक्षण गर्ने गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा। विनोदवन्दु शर्माले बताउनुभयो । गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत र निर्देशक शर्मा पनि शुक्रबार बारपाक गएका छन् ।

 एन्टिजेन र पीसीआर दुवै विधिबाट कोरोना जाँच गरिने उउहाँले बताउनुभयो । स्वास्थ्य समस्या देखिएकालाई कोरोना परीक्षणका लागि सचेतना जगाउन जनप्रतिनिधि र सामाजिक संघसंस्थालाई आग्रह गरिएको छ । 


प्रतिक्रिया