प्रदेश २ मा माओवादीबाट २ मन्त्री थपिए

श्रावण २, २०७८ | जनकपुर
प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्रबाट दुईजना मन्त्री थपिएका छन् । प्रदेश प्रमुख राजेश झा अहिराजले आज भरत साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्रीमा र मुख्यमन्त्री लाल बाबु राउतले रुवी कर्णलाई राज्यमन्त्री पदमा सपथ खुवाउनुभएको हो ।
साह महोत्तरी क्षेत्र नम्बर १(१) बाट निर्वाचित सांसद हुन् । त्यस्तै कर्ण सप्तरीबाट समानुपातिक सांसद हुन् । माओवादी केन्द्रलाई सरकारमा सहभागि गराउन सत्तारुढ दलकै दुईजना मन्त्रीको राजीनामा आज मुख्यमन्त्री लाल बाबु राउतले स्वीकृत गर्नुभएको थियो ।
जसपाका तर्फबाट आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कुमार यादव र राज्य मन्त्री सरोज सिंह कुशवाहाले आजै पदबाट राजिनामा दिनुभएको थियो ।