कोरोनाबाट २४ घण्टामा २३ जनाको मृत्यु, ३१०६ जनामा कोरोना संक्रमण

रेडियो कान्तिपुर संवाददाता

श्रावण १६, २०७८ | काठमाडौं

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार, १३ हजार ५ सय १९ परीक्षण भएकोमा पिसिआर टेस्टबाट २ हजार २ सय ८० र एन्टिजेन टेस्टबाट ८ सय २६ जनामा कोरोनो पुष्टि भएको हो । त्यस्तै, विगत २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ५७ पुगेको छ । 


प्रतिक्रिया