मध्यपहाडी लोकमार्गको अवरोध हट्यो

भाद्र ८, २०७८ | बागलुङ

मध्यपहाडी लोकमार्ग अन्र्तगत बागलुङ खहरे खण्डको बोक्सेमा पहिरो खस्दा अवरुद्ध सडक खुलेको छ । अबरुद्ध कालीगण्डकी करिडोरमा भने पहिरो पन्छाउने काम भैरहेको जिल्ला ट्राफिक प्रहरी बाग्लुङका प्रमुख बद्रीप्रसाद तिमिल्सिनाले बताउनुभयो । 

सोमबारदेखिको झरीले मध्यपहाडी लोकमार्गको बोक्सेमा खसेको पहिरोले सडक अबरुद्ध थियो । प्रहरी र लोकमार्ग आयोजनाको पहलमा सडक खुलेको हो । सडक खुलेपछि हिजो बेलुकी देखि अलपत्र परेका यात्री गन्तव्यमा लागेका छन् । करिडोरमा भने एस्काभेटर पठाएर पहिरो पन्छाउने काम भैरहेको छ ।

 बागलुङ नगरपालिका १० को गलुवा, वडा नंं १३ को फुर्से खोलामा पहिरो गएको थियो । निरन्तर बर्षातले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । बागलुङ कुश्मीसेरा सडक खण्डमा खसेको पहिरोले पनि करिडोरमा 


प्रतिक्रिया