इमर्जेन्सी, कोभिड अस्पताल परीक्षा बाहेकका सम्पूर्ण काम बहिस्कार गर्ने

भाद्र १७, २०७८ | काठमाडौं

बीपी कोइराला शुद्धिकरण अभियान, संयृक्त संघर्ष समितिले आगामी आइतबारदेखि इमर्जेन्सी, कोभिड अस्पताल र पुर्वनिर्धारित परीक्षा कार्यक्रम बाहेकका सम्पूर्ण काम बहिस्कार गर्ने घोषणा गरेको छ ।

यसअघि सरकारसँग भएको सम्झौता र सहमति कार्यान्वयन नभएको भन्दै संघर्ष समितिले प्रतिष्ठानमा फेरि आन्दोलनको घोषणा गरेको सहसयोजक डा विष्णु पोखरेलले बताउनुभयो । यसअघि भएका सहमति हालसम्म पनि कार्यान्वयन नभएको र सरकारले आफूहरुलाई झुक्याएको उनीहरुको आरोप छ । 

यसअघि डा. बैकुण्ठ अर्यालको नेतृत्वमा सरकारको उच्चस्तरीय छानबिन समितिले बुझाएको प्रतिवेदनले प्रतिष्ठानमा विगतदेखि अहिलेसम्म देखा परेका समस्या पहिचान गरी त्यसको समाधान गर्नका सुझाएपछि कार्यदल बनाइएको थियो । अहिलेसम्म पनि ती समस्या समाधानको पहल नभएपछि आफूहरु दोस्रो चरणको आन्दोलन गर्न बाध्य भएको डा पोखरेलको भनाई छ । 


प्रतिक्रिया