शासकहरुले सत्तामा ब्रम्हलुट गरेका छन् : अर्थविद आचार्य

भाद्र ३१, २०७८ | काठमाडौं

The Headliners | Journalist Anil | 16 September 2021 | 31 Bhadra 2078

अर्थविद् एवं अर्थमन्त्रालयका पूर्वआर्थिक सल्लाहकार केशव आचार्यले राज्यको ढुकुटीमा शासकहरुले ब्रम्हलुट गरेको आरोप लगाउनभएको छ । दलहरुको बजेट राजनीतिकले ७० वर्षको इतिहासमा मुलुकमा बजेट होलिडेको अवस्था आएको आचार्यको भनाई छ । सरकारले खर्च गर्न नसक्ने अवस्था आउँदा आजबाट अस्पतालमा अत्यावश्यकीय औषधी र अन्य स्वास्थ्य सेवा प्रत्यक्ष असर गर्ने उहाँको भनाई छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान अर्थविद आचार्यले राजनीतिको छाँयामा अर्थतन्त्र पर्दा समस्या भएको बताउनुभयो ।


प्रतिक्रिया