पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि

आश्विन ३०, २०७८ | काठमाडौं

नेपालमा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या १२ हजार ५ सय ९८ मा झरेको छ । संक्रमणमुक्त हुनेको दर बढेसँगै सक्रिय संक्रमितको संख्या समेत ओरालो लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

कोरोना संक्रमणामुक्त हुने दर ९७ दशमलव शून्य ३ प्रतिशत छ । यसैबीच, पछिल्लो २४ घण्टामा थप १ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआ र एन्टिजेन गरी १ हजार ७ सय ७३ नमूूनाको परीक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको हो । 

परीक्षण संख्या तथा पुष्टि भएका संक्रमितका आधारमा संक्रमणदर ८ प्रतिशत रहेको छ । २४ घण्टाको अवधिमा संक्रमणकै कारण थप १ जनाको मृत्यु भएको छ । त्यस्तै, मृत्युदर १ दशमलव ४ प्रतिशत रहेको छ । 

मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर तथा कास्कीमा ५ सय भन्दा बढी सक्रिय संक्रमित छन् । सुनसरी, मोरङ, झापा, धनुषा, सर्लाही, सिरहा, मकवानपुर, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, सिन्धुली, पूर्वी नवलपरासी, बाग्लुङ, स्याङजा तनहुँ, रुपन्देही, दाङ, बाँके, सुर्खेत तथा कैलालीमा २ सय बढी सक्रिय संक्रमित छन् । 

संक्रमित मध्ये ९७ जनाको भेन्टिलेटरमा र ३ सय ७ जनाको आईसीयूमा उपचार भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।      


प्रतिक्रिया