विदेश पलायन रोक्न र उद्यमशीलता बढाउन युवा उद्यमी सम्मेलन

मंसिर २७, २०७८ | रुपन्देही

युवाहरुको विदेश पलायन रोक्ने र युवा उद्यमशीलता बढाउने उद्देश्यले रुपन्देहीमा युवा उद्यमी सम्मेलन २०२१ हुुने भएको छ । नेपाली युवा उद्यामी मन्च रुपन्देहीले पुस ३ गते सम्मेलन गर्न लागेको हो । 

उद्यमी हुन चाहने युवालाई सहजीकरण गर्ने, युवा उद्यमीबीच सम्पर्क बिस्तार गर्ने, प्रतिश्पर्धी व्यवसायको पहिचान गर्ने लगायतको लक्ष्यसहित सम्मेलन आयोजना गरेको अध्यक्ष प्रदीप शाक्यले बताउनुभयो ।

 सम्मेलनमार्फत व्यवसायमा विकसित नयाँ सिर्जना, उत्पादन र नविनतम व्यवसायकाृ विषयलाई उजागर गरिने शाक्यले बताउनुभयो । सम्मेलनमा युवा उद्यमशीलता प्रवद्र्धन गर्न लगानी कर्ता बैंकर र उद्यमीहरुबीच छलफल गराइने आयोजकले जनाएको छ । 


प्रतिक्रिया