महाधिवेशन प्रतिनिधि भन्छन्, ‘मतपत्रको प्रयोगले निर्वाचन प्रक्रिया झन्झटिलो’

मंसिर २९, २०७८ | काठमाडौं

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिहरुले मतपत्रको प्रयोगले निर्वाचन प्रकृया झन्झटिलो र बिलम्बयुक्त भएको गुनासो गरेका छन् । केन्द्रीय समितिको आकार नै ठूलो हुँदा मतपत्रका ढाँचा पनि धेरै भएकाले अलमलिएको मतदाताहरुको अनुभव छ । 

अघिल्लो महाधिवेशनकै अनुभव केलाउने हो भने पनि काँग्रेसमा मतदान भन्दा गणना टाउको दुखाई भएको थियो । यसपटक पनि त्यसैको पुनरावृत्ति हुने हो कि भन्ने संशय महाधिवेशन प्रतिनिधिहरुमा छ ।


प्रतिक्रिया