राष्ट्रियसभा निर्वाचन निर्वाचनको तयारी पूरा : निर्वाचन आयोग

माघ ११, २०७८

राष्ट्रियसभा चुनावका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोग जनाएको छ । सबै प्रदेशका केन्द्रमा मतदानका लागि मतपत्रका साथै बुथको तयारी, मतदान स्थल निर्माण लगायत आवश्यक सवै तयारी पूरा भएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । राष्ट्रियसभामा रिक्त १९ सिटका लागि भोली बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने कार्यतालिका छ । राष्ट्रियसभामा रिक्त रहेका १९ सिटका लागि ४३ जनाले उम्मेदवारी दिएका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच मुख्य प्रतिस्पर्धा हुनेछ । सत्ता गठबन्धनमा भएको सहमति अनुसार कांग्रेसबाट ६, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट ५/५, जनता समाजवादी पार्टी २ र राष्ट्रिय जनमोर्चाबाट एक जना चुनावी प्रस्तिपर्धामा छन् । 


प्रतिक्रिया