आवश्यकताका आधारमा पार्टीले चुनावी गठबन्धन गर्ने : महत

चैत्र ९, २०७८

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकताका आधारमा पार्टीले चुनावी गठबन्धन गर्ने बताउनुभएको छ । काभ्रे कांग्रेसले धुलिखेलमा आज गरेको एक कार्यक्रममा उहाँले सम्बन्धित तहको सुझावको आधारमा पार्टीले निर्णय लिने बताउनुभयो । 

एमसीसीबारे छरिएको भ्रम चिरिएको भन्दै डा. महतले देश विकासको लागि कांग्रेसले सही अडान लिएको प्रमाणित भएको बताउनुभयो । कार्यक्रममा एमाले बाग्मती प्रदेश कमिटी सदस्य रामकृष्ण हुमागाई लगायत एक सय बढी एमाले कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।  


प्रतिक्रिया