पोखरा महानगरमा मतदानबाट उम्मेदवार छान्दै एमाले

वैशाख २, २०७९

सहमतिका आधारमा उम्मेदवार चयन हुन नसकेपछि नेकपा एमालेले गण्डकी प्रदेशमा मतदानबाट उम्मेदवारको टुंगो लगाउँदैछ । गण्डकी प्रदेश पोखरा महानगर कमिटिले नगर प्रमुख र उपप्रमुखको उम्मेदवारी मतदान मार्फत टुंग्याउन लागेको हो । नेतृत्वका लागि प्रमुखमा १२ जना र उपमेयरमा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिले अहिले केहि बेरमा अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको निर्वाचन अघिकृत कमल अर्यालले बताउनुभयो । 

आकांक्षी धेरै भएपछि नगर कमिटिले निर्वाचन तालिकानै बनाएर उम्मेदवारको छनौट गर्न लागेको छ । केहीेरमा मतदान सुरु हुने निर्वाचन अधिकृत अर्यालले बताउनुभयो । मतदान लगत्तै मतगणना सुरु हुनेछ । कमिटिले आजै पोखरा महानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार तय गरि केन्द्रमा सिफारिस गर्ने छ । 


प्रतिक्रिया