पोखराको मेयर र उपमेयरका उम्मेदवारको लागि एमालेका आकांक्षी सबै सिफारिस

वैशाख २, २०७९

पोखरा महानगरको मेयर र उपमेयर पदका उम्मेदवार छान्नको लागि एमालेले आकांक्षी सबै जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । आज हुने भनिएको मतदान स्थगित गरी आकांक्षी सबैको नाम सिफारिस गरिएको मेयरका आकांक्षीसमेत रहेका प्रदेश सभा सदस्य राजीव पहारीले जानकारी दिनुभयो । उहाँका अनुसार मेयरका लागि १२ र उपमेयरका लागि ९ जना आकांक्षी देखिएका छन् । एमाले पार्टी कार्यालयमा निर्वाचन प्रक्रिया पुरा गरिएको भएपनि अन्तिममा मतदान नभएको उहाँले बताउनुभयो । 

पोखरा महानगर कमिटीमा १ सय १० सदस्य छन् । मेयरका लागि केन्द्रीय सदस्यहरु मीनाकुमारी गुरुङ, भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी र प्रदेश उपसचिव रश्मि आचार्य, प्राडा विश्वकल्याण पराजुली, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, नेताहरु पुष्पज्योति दुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारी आकांक्षी छन् । यस्तै, उपमेयरका लागि विनकुमारी गुरुङ, सुष्मा पौडेल, देवका पहारी त्रिपाठी, टिकाराम पंगेनी, तेजनारायण अधिकारी, जिवनप्रसाद आचार्य, बलराम गायक, शोभामोहन पौडेल र बामदेव ढुंगना रहेका छन् । 


प्रतिक्रिया