गुल्मीमा २६ वर्षीया युवती गाउँपालिका उपाध्यक्षको उम्मेदवार

वैशाख १२, २०७९ | गुल्मी

गुल्मी जिल्लाको ईश्मा गाउँपालिकामा २६ वर्षीया युवतीले गाउँपालिका उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ । इश्मा गाउँपालिका–२ निवासी २६ वर्षीया अधिवक्ता पार्वती कुँवरले नेपाली काँग्रेसबाट गाउँपालिका उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नु भएको हो ।

काँग्रेस ईश्माकी उपसभापति समेत रहेकी कुँवर गत मंसिरमा सम्पन्न काँग्रेसको १४ औं जिल्ला अधिवेशनबाट सर्वाधिक मत पाएर महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यमा निर्वाचित हुनु भएको थियो ।

२०६८ सालदेखि रेसुंगा बहुमुखी क्याम्पसको छात्रासंघको सचिवबाट राजनितिमा प्रवेश गर्नु भएकी उहाँ क्याम्पस इकाइ सदस्य, नेपाल विद्यार्थी संघ गुल्मीको जिल्ला सदस्य, जिल्ला सचिव, नेपाली काँग्रेसको १३ औं अधिवेशनमा क्षेत्रिय प्रतिनिधि, नेपाल महिला संघ गुल्मीको क्षेत्रिय कोषाध्यक्ष हुँदै राजनीतिमा होमिनु भएको हो । व्यवस्थापन संकायमा स्नातकोत्तर गरेकी कुँवर अधिवक्ता समेत रहनु भएको छ । 


प्रतिक्रिया