बनेपा नगर प्रमुखद्वारा राजीनामा घोषणा, एमालेको साधारण सदस्यसमेत परित्याग

वैशाख १७, २०७९ | काभ्रे

बनेपा नगरप्रमुख लक्ष्मी नरसिहं बादेले पदबाट राजीनामा घोषणा गर्नुभएको छ । स्थानीय तहको निर्वाचनको टिकट वितरणमा असन्तुष्ट रहेका बादेले आज पत्रकार सम्मेलन गरेर राजीनामा दिने घोषणा गर्नुभएको हो । पार्टीको साधारण सदस्यता समेत त्याग गर्नुभएको हो ।

उहाँले तत्काल कुनै पार्टीमा प्रवेश गर्ने योजना नभएको बताउनुभयो । एमाले काभ्रेका इञ्चार्ज समेत रहेका पोलिट्व्युरो सदस्य गोकूलप्रसाद बाँस्कोटाले आफूसँग सल्लाह समेत नगरी अन्तिम समयमा धोका दिएको बादेले बताउनुभयो । नगर प्रमुखका लागि बादेसहित ९ जनाको नाम सिफारिस भएको थियो । 

एमालेले नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जितलाई नगरप्रमुख र उपप्रमुखमा अखिल नेपाल महिला संघ काभ्रेका अध्यक्ष विमला सापकोटा दाहाललाई उम्मेदवार बनाएको छ । टिकट पाउने रञ्जितले पनि आफूलाई धोका दिएको बादेले बताउनुभयो । पूर्व एसएसपी समेत रहेका बादे राप्रपाबाट एमाले प्रवेश गर्नुभएको थियो । एमाले बनेपा नगर कमिटीका पूर्व अध्यक्ष रहेका उहाँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा नगर प्रमुख निर्वाचित हुनुभएको थियो । 


प्रतिक्रिया