निर्वाचनमा ७२ भण्टा सीमा सिल गरिने

वैशाख २१, २०७९

निर्वाचन सुरक्षाको विषयमा नेपाल भारत सिमावर्ती क्षेत्रका अधिकारीहरुबीचको बैठक पश्चिम नवलपरासीको सुनवलमा सम्पन्न भएको छ । पुर्वी नवलपरासी, पश्चिम नवलपरासी र चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी र भारत पश्चिम चम्पारणका डिएम र सुरक्षा अधिबारीबीच छलफल भएको हो ।

स्थानीय तहको निर्वाचनमा सुरक्षा अवस्था मजबुत बनाउन निर्वाचनको समयमा ७२ घण्टा सीमा सिल गर्ने सहमति भएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताउनुभयो । सिमावर्ती क्षेत्रमा हुने मादक पदार्थ र लागु औषधको बेचविखन नियन्त्रणका विषयमा पनि दुबै देशका अधिकारीबीच छलफल भएको थियो । 


प्रतिक्रिया