गठबन्धनको जनलहरलाई देखेर विपक्षी दल एमाले आत्तिएको छ : देउवा देउवा

वैशाख २४, २०७९ | काठमाडौं

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको जनलहरलाई देखेर विपक्षी दल एमाले आत्तिएको बताउनुभएको छ । 

बुटवलमा आज चुनावी सभालाई सम्बोधन गर्दै उहाँले गठबन्धनको तागतबाट डराएकाहरुले विभिन्न भ्रम छरेको दावी समेत गर्नुभएको छ । गठबन्धनका साझा उम्मेदवारले जितेमा आगामी ५ वर्षभित्र देखिने गरी विकास गर्ने देउवाको भनाइ थियो । 

उहाँले भन्नुभयो–बुटवलमा एमालेले यतिका बर्ष जितेर के गर्यो, विपन्न र सुकुमवासीहरुले आफ्नो समस्याबारे सोचेर भोट दिनुपर्छ । सभामा बोल्दै कांग्रेस नेता रामचन्द्र पौडेलले दलीय फाइदाका लागि नभई संविधान र संघीयताको रक्षाका लागि गठबन्धन गरिएको बताउनुभयो । एमालेले अदालत र संसदलाई बन्धक बनाएको र विकासका सबै मार्गमा अवरोध गरेको पौडेलले आरोप लगाउनुभयो । 


प्रतिक्रिया